
फेवाताल किनाराका संरचनामा पोखरा महानगरले डोजर चलाएपछि स्थानीयको विरोध
पोखरा- पोखरा महानगरपालिकाले फेवाताल वरपर निर्माण गरिएका टहराहरू हटाउन डोजर प्रयोग गरेपछि स्थानीयवासीले तीव्र विरोध जनाएका छन्।
शनिबार बिहान अतिक्रमण हटाउने अभियानअन्तर्गत महानगरले संरचना भत्काउन सुरु गरेसँगै प्रभावित स्थानीय सडकमा उत्रिएका हुन्। आफ्नो व्यवसाय र दैनिक जीविकोपार्जनमा असर परेको भन्दै उनीहरूले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका छन्।
प्रदर्शनका कारण उक्त क्षेत्रको आवागमनसमेत प्रभावित भएको छ।
महानगरपालिकाले फेवातालको संरक्षण र अतिक्रमण नियन्त्रणका लागि अभियान सञ्चालन गरिएको जनाएको छ। तर स्थानीयवासीले भने कुनै वैकल्पिक व्यवस्था नगरी टहरा भत्काइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।



कागजपत्र |
