
कांग्रेस संसदीय दलको नेता चयनका लागि चैत २४ मा निर्वाचन
काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि चैत २४ गते निर्वाचन हुने भएको छ ।
केन्द्रीय कार्यसम्पादन समिति बैठकले चुनावको मिति तय गरेको हो ।
बैठकले सहमहामन्त्री प्रकाश रसाइलीकाे संयोजकत्वमा मुना भुसाल र राजु कटुवाल रहेको निर्वाचन समिति गठन गरेको छ ।
अर्जुननरसिंह केसी, भीष्मराज आङदेम्बे, मोहन आचार्य, भरतबहादुर खड्काले दलको नेतामा दाबी गरेका छन् ।



कागजपत्र |
