निर्वाचनमा असहयोग गर्ने कांग्रेसका नेता-कार्यकर्ता कारबाहीको घेरामा


काठमाडौं-  नेपाली कांग्रेसले अनुशासन उल्लंघनको आरोप लागेका नेता–कार्यकर्तासँग ७ दिनभित्र स्पष्टीकरण माग्ने निर्णय गरेको छ।

मंगलबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको अनुशासन आयोगको बैठकले छानबिनबाट वर्गीकृत उजुरीका आधारमा सम्बन्धित व्यक्तिसँग लिखित जवाफ र सफाइ माग्ने निर्णय गरेको हो। अनुशासन समितिका संयोजक तारामान गुरुङका अनुसार तोकिएको समयभित्र स्पष्टीकरण नदिए वा चित्तबुझ्दो जवाफ नआएमा थप कारबाही अघि बढाइनेछ।

आयोगका अनुसार निम्न गतिविधिमा संलग्न व्यक्तिहरू कारबाहीको दायरामा पर्नेछन्:

  • निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका वा तिनका प्रस्तावक/समर्थक रहेका
  • पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध प्रचारमा सक्रिय रूपमा संलग्न भएका
  • विपक्षी उम्मेदवारलाई प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गरेका
  • पार्टीका लागि मत नमागी ‘साइलेन्स किलिङ’ (अन्तरघात) गरेको आरोप लागेका
  • कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि भएर पनि प्रतिनिधिसभा निर्वाचनमा विपक्षीलाई सहयोग गरेका

प्रतिक्रिया