
समानुपातिकमा अन्याय भएको दाबी गर्दै विद्यादेवी तिमिल्सेनाको सर्वोच्चमा रिट
काठमाडौं- नेपाली कांग्रेसकी नेतृ विद्यादेवी तिमिल्सेनाले समानुपातिकतर्फको प्रतिनिधिसभा सदस्य चयन प्रक्रियामा आफूलाई अन्याय गरिएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी छन् ।
समानुपातिक सूचीमा खस–आर्य महिला क्लस्टरको पहिलो नम्बरमा रहे पनि आफूलाई निर्वाचित नगरिएको भन्दै उनले अदालतको ढोका ढकढक्याएकी हुन् । उक्त रिटको प्रारम्भिक सुनुवाइ चैत २५ गतेका लागि संवैधानिक इजलासमा तोकिएको छ ।



कागजपत्र |
