बिहारको शीतला मन्दिरमा भागदौड: ८ महिलाको मृत्यु, १० घाइते


काठमाडौं-  भारतको बिहार राज्यअन्तर्गत नालन्दा जिल्लाको दीपनगर क्षेत्रमा रहेको शीतला मन्दिरमा भएको भागदौडमा कम्तीमा ८ जना महिलाको ज्यान गएको छ भने करिब १० जना घाइते भएका छन्।

स्थानीय समयअनुसार बिहान करिब १० बजे भएको उक्त घटनाको पुष्टि एक स्थानीय प्रहरी अधिकारीले गरेका हुन्। घटनापछि सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा घाइतेहरूलाई उपचारका लागि अस्पताल पुर्‍याइँदै गरेको दृश्य देखिन्छ।

प्रहरीले घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया