
सीमा सुरक्षामा कडाइ गर्न गृहमन्त्री गुरूङको निर्देशन
काठमाडौं- गृहमन्त्री सुधन गुरूङले सशस्त्र प्रहरी बल (एपीएफ)को प्रधान कार्यालय निरीक्षण गर्दै सीमा सुरक्षामा कडाइ गर्न निर्देशन दिएका छन्। मंगलबार गरिएको निरीक्षणका क्रममा उनले आइजिपी राजु अर्यालसहितका उच्च अधिकारीहरूलाई सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न गस्ती सुदृढ बनाउन आग्रह गरेका हुन्।
मन्त्री गुरूङले विशेषगरी तस्करी नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न एपीएफलाई निर्देशन दिएका छन्। साथै सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाउँदै गैरकानुनी गतिविधि रोक्न सक्रिय हुन उनले जोड दिए।
निरीक्षणपछिको बैठकमा विपद् व्यवस्थापनका लागि आवश्यक पूर्वतयारीबारे पनि छलफल भएको थियो। सम्भावित विपद्का जोखिम न्युनिकरण गर्न आवश्यक रणनीति, स्रोत व्यवस्थापन र समन्वयमा जोड दिइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।



कागजपत्र |
