प्रधानमन्त्री बालेनले थाले सांसदहरूसँग छलफल


काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सांसदहरूसँग छलफल अघि बढाएका छन् । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर उनले प्रदेशगत रूपमा सांसदहरूसँग छलफल सुरु गरेका हुन् ।

प्रधानमन्त्री शाहको सचिवालयका अनुसार हाल कर्णाली प्रदेशका सांसदहरूसँग छलफल भइरहेको छ, जसमा सबै दलका प्रतिनिधिहरू सहभागी छन्। छलफलमा प्रदेशका समस्या, विकास प्राथमिकता र समसामयिक विषयमा केन्द्रित संवाद भइरहेको बताइएको छ।

सचिवालयका अनुसार आजै अन्य प्रदेशका सांसदहरूसँग पनि क्रमशः छलफल गर्ने कार्यक्रम तय गरिएको छ। प्रधानमन्त्री शाहले प्रदेशअनुसार समूह बनाएर छुट्टाछुट्टै छलफल गर्ने तयारी गरेका हुन्।

यसअघि आइतबार प्रधानमन्त्री शाहले आफ्ना मन्त्रीहरूसँग पनि छलफल गरेका थिए। उक्त छलफलमा उनले मन्त्रीहरूको कार्ययोजना सुन्दै स्पष्ट योजना र बिना अलमल काम अघि बढाउन निर्देशन दिएका थिए।

प्रतिक्रिया