ट्रम्प नीतिविरुद्ध ‘नो किङ्ग्स’ प्रदर्शन, अमेरिकाभर ३ हजारभन्दा बढी स्थानमा र्‍याली


एजेन्सी- अमेरिकाका प्रमुख शहरदेखि साना गाउँसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका नीतिहरूविरुद्ध विशाल प्रदर्शनहरू भएका छन्। ‘नो किङ्ग्स’ नाम दिइएको यो राष्ट्रव्यापी विरोध प्रदर्शनको तेस्रो संस्करण हो, जसमा यसअघि पनि लाखौं मानिसहरू सडकमा उत्रिएका थिए।

शनिबार देशभर करिब ३ हजारभन्दा बढी स्थानमा साना–ठूला र्‍यालीहरू आयोजना गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। प्रदर्शनकारीहरूको मुख्य असन्तुष्टि ट्रम्प प्रशासनले अघि सारेका नीतिहरूप्रति रहेको छ, विशेषगरी इरानसँगको तनाव, कडा संघीय अध्यागमन नीति तथा बढ्दो महँगीलाई लिएर विरोध केन्द्रित भएको देखिएको छ।

राजधानी वासिङ्टन डीसीमा दिउँसोदेखि नै सडकहरू प्रदर्शनकारीहरूले भरिएका थिए। हजारौंको संख्यामा मानिसहरू नेसनल मल र लिंकन मेमोरियलको सिँढीमा भेला भएर विरोध जनाएका थिए।

यस पटक पनि अघिल्ला ‘नो किङ्ग्स’ प्रदर्शनहरूझैँ प्रदर्शनकारीहरूले राष्ट्रपति डोनाल्ड ट्रम्प, उपराष्ट्रपति जेडी भान्स तथा प्रशासनका अन्य उच्च अधिकारीहरूको पुत्ला बोकेर नाराबाजी गरेका थिए।

प्रतिक्रिया