बालेन मन्त्रिपरिषदबाट अमरेश सिंह आउट


काठमाडौं-  बालेन्द्र (बालेन) शाह नेतृत्वको मन्त्रिपरिषद् गठन प्रक्रियामा अमरेश कुमार सिंहको नाम अन्तिम सूचीबाट हटाइएको छ। प्रारम्भिक रूपमा उनलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको भए पनि अन्तिम समयमा उक्त निर्णय परिवर्तन गरिएको हो।

स्रोतका अनुसार उद्योग मन्त्रालयको जिम्मा स्वयं प्रधानमन्त्री बालेन शाहले नै राखेका छन्। उनले रक्षा मन्त्रालयसहित उद्योग मन्त्रालय पनि आफ्नै मातहतमा राखेका हुन्।

अमरेश कुमार सिंह नेपाली कांग्रेसका सभापति गगन कुमार थापालाई सर्लाही क्षेत्र नम्बर–४ बाट पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

प्रतिक्रिया