४७ सांसदले लिए मातृभाषामा शपथ


काठमाडौं –  नव निर्वाचित प्रतिनिधिसभा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। बिहीबार सिंहदरबारस्थित नयाँ संसद भवनको बहुउद्देश्यीय हलमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरूलाई शपथ गराएका हुन्।

संघीय संसद् सचिवालयका अनुसार ४७ जना सांसदले नेपाली भाषाबाहेक आफ्नै मातृभाषामा शपथ लिएका छन्। नेपालको संविधानको धारा ९९ तथा धारा ९१ को उपधारा (५) र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम शपथ ग्रहण गराइएको हो।

गत फागुन २१ गते सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी १८२ सिटसहित सबैभन्दा ठूलो दल बनेको छ। नेपाली कांग्रेस ३८ सिटसहित दोस्रो, नेकपा (एमाले) २५ सिटसहित तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) १७ सिटसहित चौथो दल बनेका छन्।

त्यस्तै श्रम संस्कृति पार्टी ७ सिटसहित पाँचौं र राष्ट्रिय प्रजातन्त्र पार्टी ५ सिटसहित छैटौं स्थानमा रहेका छन्।

प्रतिक्रिया