स्कुल ड्रेसमा शपथ लिन पुगे अन्सारी


काठमाडौं –  अन्य सांसदहरू परम्परागत तथा औपचारिक पोसाकमा शपथ ग्रहणका लागि पुगेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रहबर अन्सारी भने स्कुल ड्रेसमा उपस्थित भएका छन्।

सिंहदरबारस्थित संसद भवनमा आयोजित शपथ ग्रहण कार्यक्रममा उनको फरक पहिरनले सबैको ध्यान खिचेको थियो। औपचारिक सूट, दौरा–सुरुवाल र विभिन्न जातीय भेषभूषाबीच अन्सारीको स्कुल ड्रेसमा उपस्थितिले विशेष चर्चा पाएको हो।

अन्सारीले आफू स्कुल ड्रेसमा आउनुको कारण पनि प्रस्ट पारेका छन्। उनका अनुसार अभिभावकले दुःख गरेर आफ्ना छोराछोरीलाई विद्यालय पठाउने र शिक्षित बनाउने प्रयासको सम्मानस्वरूप उनले यस्तो पहिरन रोजेका हुन्। “बुबाआमा जसले दुःख गरेर छोराछोरीलाई पढाउँछन्, उहाँहरूको सम्मानका लागि मैले स्कुल ड्रेस लगाएको हुँ,” उनले भने।

प्रतिक्रिया