‘तेल भिसा’ का निर्माता शिवराज कार्की पक्राउ


काठमाडौं- ठगीको आरोपमा चलचित्र ‘तेल भिसा’ का निर्माता शिवराज कार्की पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आज उनलाई काठमाडौँको स्वयम्भू क्षेत्रबाट पक्राउ गरेको हो।

कार्कीमाथि   केही व्यक्तिसँग अमेरिका लगिदिने आश्वासनमा पैसा लिएकाे तर अमेरिका नपठाएकाे आरोप छ। त्यसबारेमा पीडितले प्रहरीमा उजुरी दिएका थिए।

यसअघि पनि चलचित्रको निर्देशक शंकर घिमिरे र उनकी श्रीमती निर्मात्री तथा अभिनेत्री ऋचा घिमिरेविरुद्ध ठगीको उजुरी परेको थियो। उजुरी ०८१ कात्तिकको अन्तिममा दर्ता भएको थियो।

चलचित्र ‘तेल भिसा’ ०८१ मंसिर ७ गते प्रदर्शनमा आएको थियो। यो चलचित्र अमेरिकामा बस्ने नेपाली समुदायको कथामा आधारित छ।

प्रहरीका अनुसार अनुसन्धान जारी रहेको छ र आवश्यक कारबाही अघि बढाइनेछ।

प्रतिक्रिया