
बर्दियाको गुलरियामा प्रहरी र स्थानीयबीच झडप, ११ प्रहरी घाइते
बर्दिया — बर्दियाको गुलरिया नगरपालिका–११ गणेशपुरमा स्थानीय र प्रहरीबीच झडप हुँदा ११ प्रहरी घाइते भएका छन् ।
लागुऔषध कारोबारविरुद्ध प्रदर्शनपछि गरिएको हुलाकी सडक बन्द खुलाउन गएका प्रहरी र स्थानीयबीच झडप भएको हो ।
झडपमा केही स्थानीय पनि घाइते छन् । प्रहरीले स्थिति नियन्त्रण लिन ९ राउन्ड हवाई फायर र ४ राउन्ड अश्रुग्यास छाडेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डीएसपी प्रमेश विष्टले बताए ।
घटनास्थलबाट प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको उनले बताए ।
‘प्रहरीमाथि नै ढुंगा प्रहार हुन थालेपछि हवाई फायर र अश्रुग्यास हान्नेपरेको हो,’ उनले भने ।
प्रहरीका सहायक हवलदार सन्तोष विक गम्भीर घाइते भएका छन् । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।



कागजपत्र |
