
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक
काठमाडौं- नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
चैत १० गते दिउँसो १ बजे सानेपास्थित पार्टीको केन्द्रीय कार्यालय बस्ने गरी बैठक बोलाइएको हो ।
उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूको उपस्थिति रहने बताइएकाे छ ।



कागजपत्र |
