काठमाडौंमा सुनचाँदी चोरी गर्ने २ जना हतियारसहित पक्राउ


काठमाडौं-  चोरीको सुनचाँदीका गरगहना, नगद र धारिलो हतियारसहित काठमाडौँ प्रहरीले २ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं, बूढानीलकण्ठ नगरपालिका–२ घर भएका २३ वर्षीय उपेन्द्र खत्री र कैलाली, गौरीगंगा नगरपालिका–२ घर भएका २६ वर्षीय निरज सापकोटा रहेका छन्।

शनिबार काठमाडौँको कालोपुल लामा गल्लीमा रहेको एक घरमा कोठा डेरा गरी बस्ने व्यक्तिको काठको दराजभित्र अन्दाजी २६ तोला ८ आना सुनका गरगहना, ३३ हजार रुपैयाँ मूल्य बराबरको चाँदीका गहना तथा अन्य सामाग्री चोरी भएको थियो। चोरीसहित भारु १०,००० र नेपाली रुपैयाँ ४५,००० पनि चोरीमा समावेश थियो।

प्रहरी टोलीले आज दुई जनालाई पक्राउ गर्दै उनीहरुको साथबाट सुनको तिलहरी, सिक्री नेक्लेस, बाला, झुम्का, नौगेडी, जन्तर, फूलि, चाँदकी बाला, थाली, पाउजु, औठी र चुरा बरामद गरेको छ।

साथै, उनीहरुको साथबाट खुकुरी, फलामको रड र २.८ फिट लम्बाइ भएको तरबार बरामद भएको प्रहरीले जनाएको छ। चोरी गर्दा प्रयोग भएको होण्डा कम्पनीको स्कुटर पनि पक्राउ गरिएको छ। यस घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए।

प्रतिक्रिया