
मौसम बिग्रँदा चीनबाट आएको जहाज भारततर्फ डाइभर्ट
काठमाडौं- जल तथा मौसम विज्ञान विभागले शुक्रबार अपराह्नदेखि विशेषगरी तराईका केही जिल्लामा हुरीसहित असिना पानी परेको जनाएको छ। मौसम बिग्रँदा देशभर दिउँसै अन्धकार परेको छ भने हवाई उडानहरू समेत प्रभावित भएका छन्।
विभागले ठूलो पानी र आँधीसहितको असिना पर्ने भएकाले सर्वसाधारणले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। अहिलेसम्म काठमाडौं उपत्यका र देशका विभिन्न भागमा वर्षा भइरहेको छ।
काठमाडौंमा हवाई उडानमा ठुलो असर परेको छ। पछिल्लो अवस्थामा चीनको खुन्मिङबाट आएको चाइना इस्टर्न एयरलाइन्सको उडान नम्बर एमयु ९६१७ अवतरण गर्न नसकी भारततर्फ डाइभर्ट गरिएको छ।
साथै, आन्तरिक उडानहरू पनि प्रभावित भएका छन्। विराटनगर र भद्रपुरबाट काठमाडौं आउने उडानहरू फिर्ता पठाइएको छ। हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा बन्द भएको छ।



कागजपत्र |
