
युद्धको भिडियो सामाजिक सञ्जालमा अपलोड गरेको आरोपमा सात नेपाली पक्राउ
काठमाडौं – युद्धको भिडियो समाजिक सञ्जालमा अपलोड गरेको आरोपमा सात जना नेपाली पक्राउ परेका छन्। उनीहरू यूएई, कुवेत र साउदी अरबबाट पक्राउ परेका हुन्।
परराष्ट्र मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै पक्राउ परेकामाथि एक वर्ष जेल सजायदेखि देशनिकाला लगायत कारबाही हुन सक्ने बताएको छ।
यसैबीच, अमेरिका–इजरायल–इरान युद्धमा परी अहिलेसम्म एक जना नेपालीको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। मृत्यु हुने व्यक्ति यूएईमा कार्यरत नेपाली हुन्। घाइतेमध्ये १९ जनाको उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेको छ भने एक जनाको उपचार अझै जारी रहेको मन्त्रालयले जनाएको छ।



कागजपत्र |
