कांग्रेसको केन्द्रीय समिति बैठक सुरू, गगन अनुपस्थित


काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक  सुरू भएको छ। बैठक उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा सञ्चालन भइरहेको छ।

राजीनामा पेश गरेका गगन थापा बैठकमा सहभागी छैनन्। उनकी कुर्सी खाली राखेर बैठक अगाडि बढाइएको छ।

आजको बैठकमा सभापति थापाको राजीनामा र पार्टीको हालको चुनावी समीक्षा एजेन्डा रहेका छन्। उपसभापति शर्माले बैठकले सभापति थापाको राजीनामा अस्वीकृत गर्ने प्रक्रिया अगाडि बढाउने जानकारी दिएका छन्।

प्रतिक्रिया