कांग्रेस केन्द्रीय समिति बैठक आज

सभापति थापाले दिएको राजीनामा अस्वीकृत गरिँदै


काठमाडौं — नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ ।

निर्वाचनपछि पहिलोपटक कांग्रेस केन्द्रीय समिति बैठक आह्वान गरिएको हो । केन्द्रीय समितिमा निर्वाचन परिणाम र सभापति गगन थापाले दिएको राजीनामाका बारेमा छलफल हुने जनाइएको छ ।

उपसभापति विश्वप्रकाश शर्माको सभापतित्वमा हुने बैठकले सभापति थापाले दिएको राजीनामा अस्वीकृत गरिने विश्वास गरिएको छ ।

यसअघि नै उपसभापति शर्माले सामाजिक सञ्जाल एक्समार्फत कांग्रेस केन्द्रीय समिति बैठकमा सभापतिको राजीनामा पत्रसँगै त्यसलाई अस्वीकृत गर्ने प्रस्ताव पेश गरिने जानकारी दिएका हुन्।

शर्माले पार्टीको पराजयप्रति ‘नैतिक जिम्मेवारी लिन्छु’ भन्ने सभापति थापाको धारणा सकारात्मक भए पनि अहिलेको प्रमुख दायित्व वर्तमान अवस्थालाई सम्हाल्नु रहेको उल्लेख गरेका छन्। उनले लेखेका छन्, ‘नैतिक जिम्मा लिन्छु भन्नु सकारात्मक हो, तर यतिबेलाको प्रधान नैतिक दायित्व स्थिति सम्हाल्ने हो। बैठकमा प्रारम्भिक समीक्षा, राजीनामा पत्र र राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश हुनेछ।’

यसका साथै उनले डढेलो नियन्त्रण गर्न खटिएको व्यक्तिलाई नै दोष दिनु न्यायसंगत नहुने टिप्पणी पनि गरेका छन्।

 

प्रतिक्रिया