पुरुष र महिला राष्ट्रिय लिग स्थगित


काठमाडौं– सहिद स्मारक महिला लिग सुरु भएको तेस्रो दिनमै स्थगित हुने भएको छ। हिजो सुरु भएको लिग भोलिबाट स्थगित हुने प्राविधिक र प्रशासनिक कारणहरूले पुष्टि भएको हो।

पुरुषतर्फको राष्ट्रिय लिग पनि आज साझदेखि स्थगित गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्राविधिक कारण देखाएको भएपनि अध्यागमन विभागको पत्र आएपछि एन्फा लिग स्थगित गर्न बाध्य भएको हो।

अध्यागमन विभागका अनुसार श्रम स्वीकृति बिना विदेशी खेलाडीलाई राष्ट्रिय लिगमा खेलाएको उजुरीको आधारमा छानबिन अघि बढाइनेछ।

महिला लिगको लागि च्यासल मैदानमा सञ्चालन गरिँदै आएको खेलमा पनि एन्फाले राष्ट्रिय खेलकुद परिषद्को स्वीकृति लिएको छैन भन्ने कुरा पाइएको छ। एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले लिगका लागि स्वीकृति नदिएको कारणले राखेपले श्रम स्वीकृतिको प्रक्रिया अघि बढाउन नसकेको बताएका छन्। च्यासल राखेपको स्वामित्वमा रहेको मैदान हो।

 

प्रतिक्रिया