
बन्दिपुर केबलकार गेट अगाडि ट्रक पल्टिँदा दुई जना घाइते
काठमाडौं- पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको बन्दिपुर गाउँपालिका–४ स्थित केबुलकार गेट नजिकै ट्रक दुर्घटना भएको छ । अनियन्त्रित भएर ट्रक दुर्घटनाग्रस्त भएको हो ।
आँबुखैरेनीबाट पोखरा जाँदै गरेको ग२ख १९६३ नम्बरको मालबाहक ट्रक अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो । दुर्घटनामा ट्रकमा सवार दुई जना घाइते भएका छन् । उनीहरुको डुम्रेस्थित अस्पतालमा उपचार भइरहेको छ।



कागजपत्र |
