
सर्लाहीमा स्कुल बसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु
सर्लाही- सर्लाहीमा स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ।
बिहीबार बिहान नौ बजेतिर बागमती नगरपालिका २ सानो डाबरीमा जिरायतबाट हरिवनतर्फ जाँदै गरेको ना १ क ७३८२ नम्बरको सगुन शिक्षा आवासीय विद्यालयको बसले ठक्कर दिँदा बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा स्थानीय श्याम गोलेका छोरा २ वर्षीय यनस गोले छन्। बसले ठक्कर दिँदा बालकको घटनास्थलमै मृत्यु भएको र शव अहिलेसम्म घटना स्थलमै रहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि बस चालक हरिवन ११ प्रगति टोल बस्ने ५० वर्षीय सूर्यबहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ।



कागजपत्र |
