
छोरीकी १३ वर्षीया साथीलाई बलात्कार गरेको आरोपमा ५३ वर्षीय बलबहादुर पक्राउ
सुर्खेत- रास्कोट नगरपालिका–१ मा १३ वर्षीया बालिकामाथि भएको जघन्य बलात्कार घटनामा संलग्न आरोपमा ५३ वर्षीय बलबहादुर सार्कीलाई प्रहरीले पक्राउ गरेको छ। आफ्नै साथीको घरमा गएकी बालिकामाथि साथीका बुबाबाटै यस्तो अमानवीय घटना भएको खुलेपछि स्थानीयस्तरमा आक्रोश चुलिएको छ।
पीडित बालिकाले आफूलाई बलात्कार गरिएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन्। प्रारम्भमा घटना लुकेको थियो, तर महिनावारी रोकिएपछि फुपूले सोधपुछ गर्दा बालिकाले आफूमाथि भएको अत्याचारबारे खुलाएकी थिइन्। त्यसपछि परिवारले तत्काल प्रहरीमा जाहेरी दिएपछि घटना बाहिर आएको हो।
बालिकाका अनुसार गत माघ १३ गते राति र १४ गते बिहान, साथीको घरमा सँगै सुतिरहेको अवस्थामा सार्कीले बलात्कार गरेका थिए। उनले घटनाबारे कसैलाई बताए ज्यान मार्ने धम्की दिएको पनि उजुरीमा उल्लेख छ। यति मात्र होइन, घटनापछि अभियुक्तले बालिकालाई ५०० रुपैयाँ दिएर मुख बन्द गराउने प्रयास गरेको आरोप पनि छ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख हिमबहादुर खत्रीका अनुसार, बालिकालाई ललाइफकाइ बलात्कार गरी गर्भवती बनाएको जाहेरी परेपछि सार्कीलाई पक्राउ गरी थप अनुसन्धान सुरु गरिएको छ।



कागजपत्र |
