
बग्दादस्थित अमेरिकी दूताबासमा हवाई आक्रमण
एजेन्सी – इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावासमा हवाई आक्रमण गरिएको छ ।
बगदादमा रहेको अमेरिकी दूतावासमा धेरैवटा ड्रोन र रकेट प्रहार गरिएका हुन् ।
इराकी सुरक्षा स्रोतका अनुसार ‘यो हालैका दिनमा भएको सबैभन्दा ठुलो आक्रमण हो।’
यद्यपि आक्रमणबाट भएको क्षतिको विवरण आइसकेको छैन।
आक्रमण हुनुभन्दा लगभग छ घण्टाअघि अमेरिकी दूतावासले इराकमा रहेका अमेरिकी नागरिकका लागि नयाँ सुरक्षा सतर्कता जारी गरेको थियो ।



कागजपत्र |
