आयोगले सार्वजनिक गर्‍यो समानुपातिक सांसदको सूची (नामावलीसहित)


काठमाडौं- निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फका सांसद निर्वाचित गरेको छ। आयोगले सोमबार समानुपातिकतर्फका ११० सांसद निर्वाचित गरेको हो।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड कटाएका ६ राजनीतिक दलले समानुपातिक सिट पाएका छन्।

प्राप्त मतका आधारमा रास्वपाले सबैभन्दा बढी ५७ सिट पाएको छ। त्यस्तै कांग्रेसले २०, एमालेले १६, नेकपाले ९ तथा राप्रपा र श्रम संस्कृति पार्टीले ४–४ सिट पाएका छन्।

दलहरूले यसअघि निर्वाचन समानुपातिक बन्दसूचीबाट आइतबार नाम सिफारिस गरेका थिए। दलहरूले बुझाएको सूचीमा कलस्टरसम्बन्धी समस्या नदेखिएपछि आयोगले नाम रूजु गरेर निर्वाचित गरेको हो।

आयोगले प्रत्यक्ष र समानुपातिकतर्फ निर्वाचित सांसदको सूचीका निर्वाचनसम्बन्धी प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउनेछ। आयोगले राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाएसँगै निर्वाचन प्रक्रिया सम्पन्न भएको मानिनेछ।

Skip to PDF content

प्रतिक्रिया