

निषेध र प्रतिशोधको चक्रव्युहबाट बाहिर आउनै पर्दछः ज्ञानेन्द्र

काठमाडौं– राजा ज्ञानेन्द्र शाहले अहिले मुलुकमा विदेशी हस्तक्षेप बढेको भन्दै निषेध र प्रतिशोधको चक्रव्युहबाट बाहिर आउनै पर्ने बताएका छन्।
मंगलबार आगामी नयाँ बर्ष २०७८ सालको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै उनले एकतामा सफलता रहेकाले फुटेर नभई जुटेर शक्ति संचय गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
साझा समस्या रहेका कारणले एउटा विग्रेको अर्काले हेर्ने बेला नभएको ज्ञानेन्द्रले जारी गरेको सन्देशमा उल्लेख छ।

