
को–को बन्ने भए नेपाली कम्युनिस्ट पार्टीबाट समानुपातिक सांसद?
काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले समानुपातिक सांसदको सूची तय गरेको छ ।
सम्पन्न निर्वाचनको मतअनुसार नेकपाबाट ८ जना समानुपातिक सांसद बन्नेछन् ।
पार्टीका अनुसार समानुपातिक सांसद बन्नेमा खसआर्यबाट प्रमेश हमाल, आदिवासी जनजाति समूहबाट परशुराम तामाङ र भीमकुमार बुढा, अपांगताबाट प्रेम बयक, मधेसी समूहबाट जोगकुमार बर्बरिया यादव, दलितबाट पार्वती विक, गणेश विश्वकर्मा र
थारु समूहबाट निराशा चौधरी डगौरा समानुपातिक सांसद बनाउने निर्णय गरेको छ ।



कागजपत्र |
