
राष्ट्रिय सभा सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्याल सिफारिस
काठमाडौं– सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत हुने रिक्त सदस्य पदमा अर्याललाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको हो।
राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत गरिने एक सदस्यको पद केही समयदेखि खाली रहेको थियो। सोही रिक्त स्थानमा गृहमन्त्री अर्याललाई नियुक्त गर्न सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरिएको हो।



कागजपत्र |
