झापामा पत्रकारलाई अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ


झापा- पत्रकारलाई अभद्र व्यवहार गर्ने कमल गाउँपालिका–६ का ४५ वर्षीय युवराज पाठकलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार पाठकले रातोपाटी डटकम कोशीका प्रमुख अर्जुन आचार्यमाथि गत फागुन १४ गते अभद्र व्यवहार गरेका थिए।

पाठक शनिबार बिहान शिवसताक्षी नगरपालिका-४ बाट पक्राउ परेका हुन्। पाठकलाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया