ग्यास वितरणमा समस्या, उपभोक्तामा प्रत्यक्ष असर


काठमाडौं– खाना पकाउने ग्यासको वितरणमा समस्या देखिएपछि आम उपभोक्ताहरू प्रत्यक्ष असरमा परेका छन्।

सरोकारवाला निकायले नेपालमा पर्याप्त मात्रामा ग्यास आपूर्ति भइसकेको दाबी गरे पनि सहज रूपमा उपलब्ध हुन नसक्दा उपभोक्ताले कठिनाइ भोगिरहेका छन्।

सहज रूपमा ग्यास नपाउँदा उपभोक्ताहरू खाली सिलिण्डर लिएर भौतारिरहेका छन् भने वितरण केन्द्रमा लामो लाइन देखिएको छ। यसै कारण, आयल निगमले शुक्रबारदेखि आधा सिलिन्डर ग्यास मात्र बिक्री वितरण हुने जनाएको छ।

मध्यपूर्वमा देखिएको तनावका कारण अन्तर्राष्ट्रिय बजारमा आपूर्तिमा समस्या आएपछि यसको प्रभाव नेपालमा पनि देखिन सक्ने भएकाले उपभोक्ताहरूले सहज व्यवस्थापनको माग गरेका छन्।

प्रतिक्रिया