रास्वपाले हिन्दु राष्ट्र स्वीकार गरे दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं : कमल थापा


काठमाडाैं- राप्रपा नेता कमल थापाले अब बन्ने बालेन्द्र शाह नेतृत्वको सरकारलाई दुईतिहाइ बहुमत पुर्‍याइदिनका लागि सर्त अघि सारेका छन्।

रास्वपा र नयाँ बन्ने बालेन्द्र नेतृत्वको सरकारलाई संसदमा दुईतिहाइ बहुमतको निम्ति २ सिट कम रहेको भन्दै उनले सर्त अघि सारेका हुन्। थापाले यदि बालेन्द्र सरकारले नेपाललाई धार्मिक स्वतन्त्रता र समानतासहितको हिन्दूराष्ट्र बनाउने गरी संविधान संशोधन गर्न तयार हुन्छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका पाँच सांसदहरूको पूर्ण सहयोग रहने बताए।

‘रास्वपा र नयाँ बन्ने बालेन शाह नेतृत्वको सरकारलाई संसदमा दुईतिहाइ बहुमतको निम्ति २ सिट कम छ,’ थापाले सामाजिक सञ्जालमार्फत भने, ‘यदि बालेन सरकारले नेपाललाई धार्मिक स्वतन्त्रता र समानतासहितको हिन्दूराष्ट्र बनाउने गरी संविधान संशोधन गर्न तयार हुन्छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ सांसदहरूको पूर्ण सहयोग रहने छ।’

प्रतिक्रिया