
कांग्रेस राष्ट्रिय सभा संसदीय दलको बैठक, नव निर्वाचित सदस्यलाई स्वागत
काठमाडौं- नेपाली कांग्रेसका राष्ट्रिय सभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाको विशेष उपस्थितिमा बुधबार राष्ट्रिय सभाका बहालवाला र नव निर्वाचित सदस्यहरूबीच परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा राष्ट्रिय सभाका वर्तमान सदस्य र हालै निर्वाचित सदस्यबीच आपसी परिचय, समसामयिक राजनीतिक अवस्था र आगामी कार्यदिशाबारे छलफल भएको थियो। बैठकले नेपाली कांग्रेसका नयाँ निर्वाचित सदस्यहरूलाई औपचारिक रूपमा स्वागत गर्ने निर्णय पनि गरेको छ।
बैठकमा देशको समसामयिक राजनीतिक परिस्थितिबारे विस्तृत छलफल भएको थियो। सहभागी सदस्यहरूले आगामी दिनमा जनताको भावना र अपेक्षाअनुसार राष्ट्रिय सभामा दलको तर्फबाट एकताबद्ध भएर सक्रिय र जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
नेपाली कांग्रेसका नेताहरूले राष्ट्रिय सभामा पार्टीको उपस्थितिलाई थप प्रभावकारी बनाउँदै राष्ट्रिय मुद्दामा सशक्त आवाज उठाउने निष्कर्ष पनि बैठकले निकालेको बताइएको छ। सहभागी सदस्यहरूले आगामी संसदीय गतिविधिमा समन्वय र सहकार्यलाई अझ मजबुत बनाउने विषयमा जोड दिएका थिए।



कागजपत्र |
