बढ्यो सुनचाँदीको मूल्य


काठमाडौं- आज सुनचाँदीको मूल्य बढेको छ। सोमबारको तुलनामा सुन तोलामा रु तीन हजार ८०० र चाँदी प्रतितोला रु ३१० ले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु तीन लाख १७ हजार कायम भएको छ भने एक तोला चाँदीको मूल्य रु पाँच हजार ७२० निर्धारण भएको छ।

सोमबार एक तोला सुन रु तीन लाख १३ हजार २०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ४१० मा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार १४१ र त्यति नै परिमाणको चाँदी ८७ ५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया