बालेनको चुनावी खर्च १४ लाख १७ हजार


काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गरिएको खर्चको विवरण निर्वाचन आयोगलाई बुझाएका छन्।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा शाह झापा–५ बाट अत्यधिक मतान्तरसहित विजयी भएका थिए। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार उनले सोमबार निर्वाचन कार्यालय झापामा आफ्नो चुनावी खर्चको विवरण पेश गरेका हुन्।

शाहले बुझाएको विवरणअनुसार निर्वाचन अभियानका क्रममा विभिन्न शीर्षकमा कुल १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।

खर्च विवरणमा सबैभन्दा बढी रकम वडास्तरीय प्रचार कार्यक्रमका लागि खर्च भएको देखिएको छ। सो शीर्षकमा मात्रै पाँच लाख ८० हजार रुपैयाँ खर्च भएको जनाइएको छ।

त्यसैगरी चुनावी अभियानका क्रममा प्रयोग गरिएका दुई वटा सवारीसाधनको खर्च बापत दुई लाख ९३ हजार ८०० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ।

Balen

 

Balen nirwachan

प्रतिक्रिया