
गाउँपालिका अध्यक्षमा पराजित ध्रुवराज बने सांसद्
भोजपुर – भोजपुरको पश्चिम टेम्केमैयुङ गाउँपालिका–४, नागीमा २०३९ सालमा सामान्य परिवारमा जन्मिएका ध्रुवराज राई प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको भोजपुरबाट श्रम संस्कृति पार्टीबाट निर्वाचित भएका छन् ।
२०७९ सालको गाउँपालिका प्रमुखमा पराजित बनेका राई यसपटक पार्टी परिवर्तन गर्दै हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृतिबाट आप्mनै पूर्वपार्टीका केन्द्र सचिव एवं पूर्वमुख्यमन्त्री शेरधन राईलाई पराजित गर्दै संसद् यात्राको तय गरेका छन् ।
नेकपा (एमाले) मा रहेर विद्यार्थी तहबाट नै नेता बनेका राई भोजपुर बहुमुखी क्याम्पसको दुई पटक स्ववियु सभापति हुँदै २०७४ टेम्केमैयुङ गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । त्यसपछि दोस्रोपटकका लागि २०७९ सालमा गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएका राई कांग्रेस उम्मेदवारसँग पराजित भएका थिए ।
विसं २०७४ को स्थानीय निर्वाचनमा राई कांग्रेस, माओवादी र सङ्घीय समाजवादी फोरमको गठबन्धनलाई हराउँदै पालिका अध्यक्षमा विजयी बनेका थिए । सोही समय उनले अन्धकारमा रहेको टेम्केमैयुङ गाउँपालिका विद्युत्को पहुँच पुर्याउँदै गाउँ नै झिलिमिली बनाएका थिए ।
एमालेको कोशी प्रदेश कमिटी सदस्य रहँदै केही महिनाअघि साम्पाङ नेतृत्वको पार्टीमा प्रवेश गरेका गरेका थिए । एमाले छोडेका राईले सोही पार्टीका केन्द्रीय सचिव शेरधन राईलाई एक हजार ९१३ मतले पछि पार्दै विजयी हासिल गरेका हुन् । उनले १६ हजार ६६३ मत प्राप्त गर्दा एमाले उम्मेदवार राईले १४ हजार ७ सय ५० मत प्राप्त गरे ।



कागजपत्र |
