धनुषा–१ को निर्वाचन परिणाम घोषणा नगर्ने आयोगको निर्णय


काठमाडाैं- निर्वाचन आयोगले धनुषा–१ को निर्वाचन परिणाम घोषणा नगर्ने निर्णय गरेको छ ।

आयोगको निर्णयअनुसार आइतबार धनुषा जिल्ला क्षेत्र नम्बर १ निर्वाचन अधिकृतको कार्यालयलाई पत्राचार गरिएको शाखा अधिकृत (कानून) अरुण अधिकारीले बताए ।

आयोगले यही फागुन १८ गते धनुषा जिल्ला क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साह ‘कमल’को उम्मेदवारी कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम रहेको प्रमाण प्राप्त भएको भन्दै खारेज गर्ने निर्णय गरेको थियो ।

सो निर्णयका सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा परी विचाराधीन रहेकाले अदालतबाट आदेश नभएसम्म प्रत्यक्षतर्फको मत परिणाम घोषणा नगर्न नगराउन भनिएको छ ।

सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पत्र तामेल गराई सोको जानकारी आयोगसमक्ष दिन प्रदेश निर्वाचन कार्यालयलाई बोधार्थको पत्र पठाइएको पनि शाखा अधिकृत अधिकारीले बताए ।

null

प्रतिक्रिया