रवि लामिछाने विजयी


चितवन – रास्वपा सभापति रवि लामिछाने निर्वाचित भएका छन् ।

चितवन क्षेत्र नं. २ बाट तेस्रो पटक चुनावी मैदानमा उत्रिएका रवि लामिछानेले ५४ हजार ४ सय २ मत प्राप्त गरी विजयी भएका छन् ।

उनकी निकटतम प्रतिस्पर्धी मिनाकुमारी खरेलले १४ हजार ५६४ मत प्राप्त गरेकी छिन् ।

हालसम्म घोषित २९ सिटमध्ये रास्वपाले २१ स्थानमा जित हात पारेको छ भने कांग्रेसले ५ स्थानमा, प्रचण्ड नेतृत्व नेकपाले २ स्थानमा र नेकपा एमालेले १ स्थानमा जित हात पारेको छ ।

प्रतिक्रिया