झापा-३ मा राप्रपा अध्यक्ष लिङ्देन रास्वपाभन्दा पछाडि


झापा-  झापा निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रकाश पाठकले अग्रता कायम गरेका छन् । पछिल्लो मतगणना विवरणअनुसार उनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनलाई पछि पारेका हुन् ।

अहिलेसम्मको मतगणनामा पाठकले २ हजार ३३१ मत प्राप्त गरेका छन् । लिङ्देनले १ हजार ६०३ मत पाउँदा पाठक उनीभन्दा ७२८ मतले अगाडि रहेका छन् ।

यसैगरी श्रम संस्कृति पार्टीका उम्मेदवार दीपक तिम्सिनाले ७८१ मत प्राप्त गरेका छन् । नेकपाका उम्मेदवार हरिबहादुर राजवंशीले ६१८ मत ल्याएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्रकुमार घिमिरेले ५०६ मत पाएका छन् ।

मतगणना जारी रहेकाले परिणाममा थप उतारचढाव आउन सक्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया