प्यूठानमा एमालेका सूर्य थापा पाँचौं स्थानमा


प्यूठान – प्यूठानमा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना सुरु भएको छ। प्रारम्भिक मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशान्त बैदिक अग्रस्थानमा देखिएका छन्।

हालसम्म १ हजार ३४७ मत गणना सम्पन्न हुँदा बैदिकले ५०५ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्दराज पोखरेलले ४६६ मत पाएका छन्।

यसैगरी राष्ट्रिय जनमोर्चाका उम्मेदवार तिलकबहादुर जिसीले १३४ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टीका कृष्णध्वज खड्काले १०८ मत ल्याएका छन्।

नेकपा एमालेका उम्मेदवार सूर्य थापा हाल पाँचौं स्थानमा रहेका छन्। हालसम्मको मतगणनामा उनले ६९ मत प्राप्त गरेका छन्।

मतगणना जारी रहेकाले परिणाममा थप परिवर्तन हुन सक्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रतिक्रिया