युरोपेली भूमि साइप्रसमा इरानी ड्रोन हमला


काठमाडौं- युरोपेली मुलुक साइप्रसमा इरानले ड्रोन हमला गरेको छ । अमेरिकाले आफ्ना युद्ध जहाज अरब क्षेत्रबाट साइप्रसतर्फ सारेपछि इरानी सैन्य अधिकारीहरूले साइप्रसलाई पनि आक्रमणको लक्ष्य बनाउने चेतावनी दिएका थिए ।

उक्त चेतावनीपछि आइतबार साइप्रसमा ड्रोन हमला भएको र सोमबार दुई वटा ड्रोन खसालिएको बीबीसीले जनाएको छ ।

इरानी आक्रमणका क्रममा बेलायतको साइप्रसस्थित आक्रोतिरी सैन्य शिविरको धावनमार्गमा क्षति पुगेको बताइएको छ । यद्यपि, उक्त आक्रमणमा कुनै पनि मानवीय क्षति भने नभएको जनाइएको छ ।

यसैबीच, केइर स्टार्मरले बेलायत अमेरिका नेतृत्वको युद्धमा प्रत्यक्ष रूपमा सहभागी नहुने स्पष्ट पारेका छन् । तर, रक्षात्मक प्रयोजनका लागि आफ्नो सैन्य शिविर प्रयोग गर्न दिने बताएका छन् ।

प्रतिक्रिया