
सुर्खेतमा खाल्डोमा परेर दुई बालबालिकाको मृत्यु
सुर्खेत- सुर्खेतमा खाल्डोमा परेर दुई जना बालबालिकाको ज्यान गएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–९ का ७ वर्षीय खेमराज कटुवाल र ५ वर्षीया दीपिका कटुवाल रहेका छन् ।
उनीहरू कालिकोटको तिलागुफा नगरपालिका–९ चिलखायाँ घर भई हाल वीरेन्द्रनगर नगरपालिका–९ मा बसोबास गर्दै आएका टेकबहादुर कटुवालका छोराछोरी भएको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार घर निर्माणका लागि खनिएको खाल्डोमा खसेर सोमबार साँझ दुवै बालबालिकाको मृत्यु भएको हो । घटनाबारे आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।



कागजपत्र |
