बानेश्वरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु


काठमाडौं – काठमाडौंको नयाँबानेश्वरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

आज बिहान टिपरको ठक्करबाट कोइराला थरका एक पुरुषको मृत्यु भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए ।

उनको सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भट्टराईले बताए ।

दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया