इसराइलले गर्‍यो इरानमा आक्रमण, देशभर आपतकाल घोषणा


काठमाडौं- इजरायलले फेरि इरानमा आक्रमण गरेको छ । नेपाली समयानुसार शनिबार दिउँसो इरानको राजधानी तेहरानलगायत धेरै शहरहरूमा आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । तेहरानलगायत धेरै शहरहरूमा विस्फोटहरू सुनिएको र हवाई आक्रमणको साइरन बजिरहेको बीबीसीले जनाएको छ ।

आक्रमणपछि इरानले सबै उडानहरू रोकेको छ र हवाई क्षेत्र पूर्ण रूपमा खाली गरिएको छ । यहाँ इजरायलमा पनि हवाई आक्रमणको साइरन सुनिएको समाचामा उल्लेख छ । इजरायलमा पनि संवेदनशील क्षेत्रहरू खाली गरिँदै छ । मानिसहरूलाई घरभित्रै बस्न अपील गरिएको छ ।

इजरायलको रक्षा बलले इरानमाथिको आक्रमणबारे जानकारी दिँदै यसलाई ‘निवारक आक्रमण’को रूपमा वर्णन गरेको छ। इजरायली रक्षामन्त्री यिसरायल क्याट्सले इजरायलभरि विशेष र स्थायी आपतकाल घोषणा गरेका छन् ।

 

 

प्रतिक्रिया