
४३ दलले मात्रै बुझाए आयोगमा चुनावी घोषणापत्र
काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूको घोषणापत्र बुझाउने कार्यमा अझै ढिलासुस्ती देखिएको छ। शुक्रबारसम्म निर्वाचन आयोगमा जम्मा ४३ दलले मात्र आफ्ना घोषणापत्र पेश गरेका छन्।
निर्वाचन आयोगको राजनीतिक दल शाखाका अनुसार प्रत्यक्षतर्फ ६१ दलका उम्मेदवार ५६ वटा चुनाव चिह्नमार्फत मैदानमा छन्। आयोगले सबै दललाई घोषणापत्र बुझाएर मात्र चुनावी प्रचारमा जान सक्ने व्यवस्था मिलाएको छ। घोषणापत्र बुझाउने समय ३ फागुनसम्म दिइएको थियो भने प्रचार-प्रसारको समय ४ फागुनदेखि १८ फागुनसम्म तोकिएको छ।
तर, निर्वाचन आचारसंहितामा दल र उम्मेदवारले घोषणापत्र बुझाउनुपर्ने स्पष्ट व्यवस्था भए पनि यसलाई अटेर गर्ने प्रवृत्ति निरन्तर देखिएको आयोगले जनाएको छ।



कागजपत्र |
