धर्मेन्द्र बास्तोलालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश


काठमाडौं – सर्वोच्च अदालत ले नेकपा (बहुमत) का महासचिव धर्मेन्द्रराज बास्तोला लाई थुनामुक्त गर्न आदेश दिएको छ।

बिहीबार न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेय को संयुक्त इजलासले बास्तोलालाई रिहा गर्न आदेश दिएको हो।

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन बहिष्कारसम्बन्धी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो। उक्त पक्राउ गैरकानुनी भएको दाबी गर्दै सावित्रीकुमारी वली ले फागुन १० गते बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्।

सर्वोच्च अदालतले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका नाममा थुनामुक्त गर्न आदेश जारी गरेसँगै बास्तोलाको रिहाइ प्रक्रिया सुरु भएको छ।

 

प्रतिक्रिया