
७५ जिल्लामा पुग्यो निर्वाचन सामग्रीसहित मतपत्र
काठमाडाैं- २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ७५ जिल्लामा निर्वाचन सामग्रीसहित मतपत्र पुर्याइएको छ।
निर्वाचन आयोगका अनुसार काठमाडौं र भक्तपुरबाहेक सबै जिल्लामा मतपत्रसहितका निर्वाचन सामग्री ढुवानी सम्पन्न भइसकेको छ। आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले ‘पहिलो हुने निर्वाचित हुने’ प्रणाली तथा ‘समानुपातिक निर्वाचन प्रणाली’तर्फका दुवै प्रकारका मतपत्र ७५ जिल्लामा पुर्याइसकिएको जानकारी दिए।
उनका अनुसार काठमाडौं र भक्तपुर जिल्लामा भने बिहीबार निर्वाचन सामग्री र मतपत्र पुर्याइनेछ।



कागजपत्र |
