संक्रमितसँगै बढ्यो मृतकको संख्या : ५०० जनामा संक्रमण पुष्टि हुँदा १३ जनाको मृत्यु


काठमाडौं – पछिल्लो २४ घण्टामा थप ४९३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

४ हजार ३७८ जनाको पीसीआर परीक्षण गर्दा ४९३ जनामा संक्रमण देखिएको हो। ७२७ जनाको एन्टिजेन परीक्षणमा गर्दा ६३ जनामा कोरोना संक्रमण देखिएको छ। दुवै गरि देशभर ५५९ जनामा कोभिड १९ संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

संक्रमितसँग मृतकको संख्या समेत बढेको छ। पछिल्लो २४ घण्टामा १३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। अहिलेसम्म २ लाख ८० हजार ५२४ जनामा कोरोना संक्रमण पुष्टि भइसक्दा ३ हजार ३०६ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।

प्रतिक्रिया