पैदलयात्रीमाथि मुक्का हान्ने व्यक्ति पक्राउ


काठमाडौं – पैदलयात्रीमाथि मुक्का हानेको आरोपमा ट्राफिक प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति कार चालक पारस बम हुन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाह पथका एसएसपी नवराज अधिकारीका अनुसार उनलाई ट्राफिक कार्यालय, रामशाह पथमा राखिएको छ।

घटनास्थल चप्पल कारखाना अगाडि हो, जहाँ पारस बमले पैदलयात्रीलाई मुक्का हानेका थिए। उक्त घटना भिडियोमा कैद भएको र सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल बनेको थियो।

भिडियोमा कारबाट झरेका उनले पैदलयात्रीलाई गाली गर्दै कुटिरहेकाे देखिन्छ। पछि त्यहाँ उपस्थित एक महिलाले पनि गाली गरेको आवाज सुन्न सकिन्छ। घटना सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।

प्रतिक्रिया