दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति


काठमाडौं- काठमाडौं प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति पाएको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले अनुसन्धानका लागि प्रहरीलाई चार दिन हिरासतमा राख्न अनुमति दिएका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौँले प्रसाईंविरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ। प्रसाईं सोमबार साँझ भक्तपुरबाट पक्राउ परेका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवनकुमार भट्टराईका अनुसार, उनीविरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुर र अफवाह फैलाउने कसुरमा पनि अनुसन्धान गर्न म्याद लिइएको हो।

 

प्रतिक्रिया