
कक्षा १२ को वार्षिक परीक्षा बैशाख १४ बाट, बोर्डले सार्वजनिक गर्यो समयतालिका
काठमाडाैं- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक गरेको छ। बोर्डका अनुसार परीक्षा आगामी बैशाख १४ गतेदेखि सुरु हुनेछ।
यो समयतालिका साधारण, प्राविधिक तथा परम्परागत धारका नियमित परीक्षार्थीका साथै आंशिक परीक्षार्थीहरूका लागि लागू हुने छ। आंशिकतर्फ भने रजिस्ट्रेसन नम्बरका सुरुका दुई अंक ७९, ८०, ८१ र ८२ रहेका परीक्षार्थीहरू समावेश गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
बोर्डले तोकिएको समयतालिका अनुसार परीक्षाको तयारी गर्न सम्बन्धित सबै परीक्षार्थीलाई आग्रह गरेको छ।




कागजपत्र |
